पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

माथागढी गाउँपालिका-५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय