रुपन्देही । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ । देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुन: प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।

सोही अवसरमा बोल्दै उपप्रमुख गुरुङले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै प्रयोगमा नआएका कपडा जति पनि प्राप्त हुन्छन, ती कपडाहरुलाइ पुन: प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता एवं वार्ड नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा ९ का वडा अध्यक्ष मोहन जि.सी. लगायतको उपस्थिति रहेको थियो ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुन: प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि नि:शुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताउनुभयो । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गर्नुभयो। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुन: प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो ।

फागुन ५ गते लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भइ हालसम्म काठमाडौंको टोखा नगरपालिका र रुपन्देहीको कन्चन गाउपालिकामा पनि कपडा बैंकको औपचारिक सुभारम्भ भैसकेको छ साथै देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुन: प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सीले. जानकारी दिनुभयो । सुभारम्भ कार्यक्रम राजीव गौतमको स्वागत र संचारकर्मि आविष्कार खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर