बुटवल । बुटवलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बुटवल उप-महानगरपालिका-२ स्थित पाखापानीमा ३७ वर्षीय सन्तोष कार्की मृत फेला पर्नुभएको हो ।

बुटवल उपमहानगरपालिका- ११, मैनाबगरनजिक बस्दै आएका कार्की कल्भर्टमुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कार्कीले सामान्य मजदुरी गर्दै आएका थिए । उहाँको शव कल्भर्टमुनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर