काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहका प्रश्नपत्रहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय भएको छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले त्रिविबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
सो बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको त्रिविले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई तथा प्रश्नपत्र तयार गर्दा नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग पटकपटक उठ्दै आइरहेको थियो।




S.K. Creative Media Group