
प्युठान । जिल्लाको माण्डबी माण्डवी गाउँपालिका-१ स्थित मुर्कुटी छबिसे चौर नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङ घोराही देखी प्यूठान तर्फ आउदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दाङ जिल्ला घोराहि उपमहानगर पालिका ११ बस्ने २७ बर्षिय बिमल डागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
सडक दुर्घटनामा परि गम्भीर घाईते डागिलाई उपचारको लागि जिल्ला अस्पत्ताल प्युठानना ल्याईएकाे थियाे। घाइते डागिलाई अस्पतालले मृत घोषणा गरेकाे थियो।
मोटरसाइकल पछाडि सवार रहेका जिल्ला दाङ घोराही उपमहानगरपालीका-८ ढिकपुर निवासी ४८ वर्षीय कैलास डिसी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार डिसीको टाउको, दाहिने हात र खट्टामा चोट लागेको र घाइतेकाे विजुवारमा सामान्य उपचार पछि नेपालगन्ज रिफर गरिएकाे जनाइएको छ। उहाँको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ। दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको जनाएको छ ।