प्युठान । ऐरावती गाउँपालिकामा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ । कालिका विकास केन्द्र नेपाल प्युठानले विश्व वातावरण दिवसको अवसर पारेर ऐरावती गाउँपालिकाको परिसर बिद्यालय र पार्कमा वृक्षारोपण तथा सरसफाइ गरेको हो ।

सब डिभिजन वन कार्यलय बरौंलाको सहयोगमा उपलब्ध गराएका १ सय ५० धुपी सल्लाका बिरुवा गाउँपालिकाको परिसर वरपर, पद्मोदय मावि धुवाङमा, शिशुकल्याण आवि झिबाङ्ग र शान्ती प्रावि बैरेनी र ऐरावती पिकनीक पार्क पकलामा सरसफाइ सहित वृक्षरोपण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

कालिका विकास केन्द्र नेपाल प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा सब डिभिजन वन कार्यलय बरौंलाले धुपिसल्लाको बिरुवा उपलब्ध गराएको थियो । कार्यक्रममा स्थानीय विद्यार्थी शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

बिहिवार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ जिल्लाभर सबै स्थानीय तह तथा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि विश्व वातावरण दिवस मनाएका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय