प्युठान । झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नागरिकका गुनासा र सुझाव सुन्नका लागि वडाका बस्तीमै पुग्ने योजना बनाएको बताएको बताउनुभएको छ । पालिका भित्र रहेका स्थानीय जनताको प्रत्यक्षरुपमा गुनासो सुन्ने उदेश्य र नागरिकको नजिकको सरकारको रुपमा स्थापित गर्न  जनभेटघाट कार्यक्रम शुरुवात गरिएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रम अन्तर्गत शनिबार वडा नम्वर–६, स्थित घुम्नेठाटीका स्थानीयसँग छलफल तथा गुनासो सुन्ने गरि कार्यक्रमको आयोजना गरिएको थियो । नागरिकले सडक, पुल, सिंचाइ, खानेपानी, लगायतका योजना माग गरेकाले नागरिकको माग पुरा गर्दै जाने उहाँले जानकारी दिनुभयो।

तीन तहको सरकारको रुपमा परिभाषित गरेपनि आर्थिक रुपमा सबल नहुँदा स्थानीय सरकारलाई समस्या हुने गरेको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । वित्तिय रुपमा गाउँमा अझैपनि संघीयता नआइसकेको महतराको भनाई छ । आन्तरिक स्रोत पर्याप्त नहुने पालिकालाई विकासका ठूला आयोजना संचालन गर्न धेरै समस्या हुने गरेको समेत उहाँको भनाई छ । तर, जनताका आधारभूत आवश्यकता पुरा गर्नका लागि गाउँपालिकाले धेरै काम गरेको उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानिय रुक बहादुर केसीले स्थानीय रुपमा जनताको आवश्यकता र मर्म अनुसार सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो । जनताको नजिकको सरकार स्थानीय सरकार भएकोले जनताको गुनासो र समस्या हल गर्ने दायित्व झन बढेको बताउनुभयो ।

सोही क्रममा बतासेडाडा मच्छी सडक खण्डमा निर्माण भइरहेको कामको प्रगतिको समेत अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा काम सक्ने मिति एक महिना मात्रै रहेकोले काम दुर्तगतिमा अगाडि बढाउन निर्माण कम्पनीलाई सुझाव दिनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि सुदन श्रेष्ठ (बिट्टु) ले निर्माण कार्यलाई समयमै सक्ने गरि साइट काम भैरहेको जानकारी दिनुभयो । तोकिएको समयसीमा भित्र काम सक्ने गरि साइटमा मेसिन र कामदार परिचालन भएको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रम वडाका जनप्रतिनिधि, प्राविधिक,निर्माण व्यवसायी र स्थानीयबासीको लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय