चैनपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएकाे छ । गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व क्रिसमस मनाउन आजबाट ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत आफ्नो गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकोले ३ दिन बिदा दिइएको बताउनुभएको छ।

गाउँपालिकाले शनिवार एक विज्ञप्ति मार्फत क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ । यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचना मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर