प्यूठान । समयमै व्यक्तिगत घटना दर्ता गरौं, नागरिकको अधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ ऐरावती गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, कर्मचारीलाई व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
समयमा घटना दर्ता नगर्दा नागरिकले दु:ख पाउने गरेको भन्दै समयमै घटना दर्ता गर्ना गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले बताउनुभयो । घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे नि:शुल्क हुने भएकाले उक्त सुबिधा लिन समेत अध्यक्ष शाहले आग्रह गर्नुभयो ।

कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा सचिव तथा गाउँपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाईने पन्जिकरण शाखा प्रमुख सागर शर्माले बताउनुभयो ।गाउँपालिकामा २ हजार ८५६ जना ब्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन ।

चालु आर्थिक वर्षको साउन देखि हालसम्म ४२० जनाको जन्मदर्ता, १५६ जनाको मृत्यु दर्ता, २० जनाको सम्बन्ध विच्छेद, २०१ जनाको विवाह दर्ता, १ जनाको बसाई सराई गरि आएको र ७६ जना बसाई सराई गएको पन्जिकरण शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । गत वर्ष १ हजार १७३ वटा घटना दर्ता भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय