महेश थापा
(बाहाने) प्यूठान । नौबहिनी गाउँपालिकाले बढ्दो बालविवाह रोक्नका लागि सचेतनामुलक सडक नाटक प्रर्दशन गर्न लागेको छ । पालिका भित्र रहेका माध्यमिक तहका विद्यालयहरुमा बाल विवाह विरुद्धको सडक नाटक प्रर्दशन गर्न लागिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले पालिका भित्रका १० वटा विद्यालयमा सडक नाटक प्रर्दशन गरिनेछ । जनचेतनाको अभावमा बालविवाह हुने गरेको भन्दै सचेतना फैलाउन नाटकले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
नाटकमा केन्द्रीय कलाकार सुरिविर पण्डित (दारि बा) र रामचन्द्र अधिकारी (गोप्तेकाजी) सहितका कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।