प्युठान । गौमुखी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

गौमुखी गाउँपालिकाको ठुलाबेशी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले गर्नुभएको थियो ।

प्रतियोगितामा छात्र तथा छात्राका लागि विभिन्न विधाको खेलकुद आयोजना गरिएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर