अर्घाखाँची। जिल्लाको ढाकावाङ्गका बाख्रा पालक कृषकलाई उन्नत जातको बाेयर जातका बिउबाेका वितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोग तथा प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गको सहजीकरणमा भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ का सहकारीमा आवद्ध बाख्रा पालन कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बाेयर जातका बिउबाेका वितरण गरिएको हो।

ढाकावाङ्गका वडा नम्बर १ र २ का बाख्रा पालन गर्ने ६ जना कृषकलाई उन्नत जातको बोयर बोका वितरण गरिएको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो । बोयर बोकाले कृषकलाई केही भएपनी राहत पुग्ने उहाँले बताउनुभयो । अब परम्परागत ढङ्गले होइन आय आर्जन हुने किसिमले काम गर्नुपर्ने बताउनुभयो ।

साे अवसरमा बाेल्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले भूमिकास्थान नगरपालिकाकाे एक मात्रै बाेयर बाख्रा प्रजनन स्रोत केन्द्र प्रगति सामुदायिक बाेयर ब्रिडर हर्ड रहेको बताउदै ब्रिडर हर्ड व्यवसायीककरणमा जान नसक्दा उत्पादन भएका बाेयर जातका पाठाहरु बिक्री हुन नसकेको र कृषकले राम्रो आम्दानी प्राप्त गर्न नसकेको बताउनुभयो।

प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसालले सहकारीमा आवद्ध कृषकले प्राप्त गरेका बोकाहरुलाइ राम्रोसंग पालन पोषण गर्ने र प्रजनन ब्यबस्थापन गर्ने प्रतिबद्धता सहित कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेल र प्रगति कृषक सहकारी संस्था ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसालले  बाेयर जातका बिउका बाेका कृषकलाई वितरण गर्नुभएको थियो। कार्यक्रममा भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ विभिन्न संघसंस्थाका प्रतिनिधि, कृषक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख बिष्णुप्रसाद पाैडेलकाे अध्यक्षतामा भएको वितरण हस्तान्तरण कार्यक्रमको संचालनमा प्रगति कृषक सहकारी संस्थाका सचिब केबि राउतले गर्नुभएको थियो। बोयर बोका पाउँदा कृषक हौसिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय