रुकुम पश्चिम । जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमका ५ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । रुकुम पश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन ।

मुसिकोट नगरपालिकाले भने बिदा दिने निर्णय गरेको छैन । सार्वजनिक बिदाका दिन पालिका भित्रका वडा कार्यालय, शैक्षिक सस्था लगायका कार्यालयहरुमा बिदा हुने जनाईएको छ ।

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले  फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय