प्यूठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजनामा जनशक्ति तथा संस्थागत बिकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा समुदायमा आधारित पुनर्स्थापना (सिबिआर) कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रम गरिएको हो । संस्थागत गतिविधि, पदिय जिम्मेवारी र समितिको क्षमता बिकास गराउने उदेश्यले कार्यक्रम गरिएको संघका अध्यक्ष हुनाराम खड्काले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका पदाधिकारी, सदस्य, सल्लाहकार र अगुवा अपाङ्गता संजालका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले गर्नु भएको थियो ।