प्यूठान । साहित्य भित्रको एक महत्त्वपूर्ण र लोकप्रिय बिधा गजल को प्रवर्द्धन गर्न गजल वाचन तथा गजल लेखन प्रशिक्षण कार्यक्रम गरिएको छ । पछिल्लो समय युवाहरूले अत्यधिक रुचाउने गरेको गजल वाचन तथा लेखनलाई प्यूठानमा बिकास तथा बिस्तार गर्न कार्यक्रम गरिएको हो ।

१३५ औं अन्तरास्ट्रिय मजदुर दिवसको अवसरमा साहित्य परिषद प्यूठान, राप्ती साहित्य परिषद प्यूठान शाखा, लुम्बिनी बाङमय प्रतिष्ठान प्यूठान शाखा, स्वतन्त्र विद्यार्थी युनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रम राप्ती साहित्य परिषद प्यूठान शाखाका अध्यक्ष रामप्रसाद पाेख्रेलकाे अध्यक्षता, साहित्य परिषद प्यूठानका कार्यबाहक अध्यक्ष बिमला खनालको स्वागत , प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर याेगीकाे प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल र प्रहरी नायब उपरीक्षक इश्वर थापाको विशेष आतिथ्यता रहेको थियोे ।

दुई चरणमा सम्पन्न भएको कार्यक्रमकाे पहिलो चरण संचालन साहित्य परिषद प्यूठानका सचिव धुर्व गिरीले गर्नुभएको थियोे । दाेश्राे चरणको कार्यक्रममा गजलकार लाेकेन्द्र जि.सी. र लक्ष्मी मगर संघर्षले गजलमय बनाउनु भएकाे थियोे । गजल लेखन सम्वन्धि प्रशिक्षण एवं अभ्यास लाेकेन्द्र जि.सी.ले गर्नुभएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर