प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकाले एक दिने निःशुल्क आँखा शिविर संन्चालन गरेको छ । शनिबार सरुमारानी पालिकाको आयोजना र तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनिया दाङको सहकार्यमा गरिएको शिविरमा ७२ जना स्थानीय आँखाका रोगीहरुले सेवा लिएको गाउँपालिका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिनुभयो ।

सरुमारानी-४, स्थित बड्डाडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क रूपमा संचालन गरिएको शिविरमा २५ जनाले आँखा जाँच गराएको सरुमारानी गाउँपालिका स्वास्थ शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो। २५ जना मध्य ५ जनाकाे माेतियाविन्दु देखा परेको उहाँले बताउनुभयो।

त्यस्तै सरुमारानी-५ को ढुङ्गेगडी स्वास्थ चौकी जस्पुरमा संचालन भएको आँखा शिविरमा आँखाका समस्या भएका ४७ जनाले आँखा जाँच गराएका छन् । ४७ मध्य ४ जना बिरामीहरुको आँखामा मोतिबिन्दु देखा परेको स्वास्थ शाखा प्रमुख रायमाझीले जानकारी दिनुभयो।

ढुङ्गेगडी र बड्डाडामा भएको एक दिने निःशुल्क आँखा शिविरबाट मोतिया बिन्दु देखिएका ९ जना आँखाका रोगिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाईने सरुमारानी गाउँपालिका प्रवक्ता चिन्त साेमै मगरले बताउनुभयो ।

आँखाका समस्या भएका नागरिकलाई आफ्नै गाउँमा सहज वाताबरणमा विशेषज्ञ सहितको टोलीमार्फत उपचार गराउन पाउँदा स्थानिय बासिन्दा खुसी भएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय जनता प्रत्येक्ष लाभान्वित भएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झक बहादुर विश्वकर्माले जानकारी दिनुभयो । आउँदा दिनमा समेत जनताको स्वास्थ्यलाई ख्याल गर्दै यस्ता शिविरलाई निरन्तरता दिंदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष विश्वकर्माले शरिरका सवै अङ्गहरुको उत्तिकै महत्व भएपनि आँखा सबै भन्दा महत्वपूर्ण अङ्ग भएकोले बेलाबेला जाँच गराउन स्थानीय जनतालाई सुझाव दिनुभयो ।

शिविरको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय