प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले पलिकाको कानुन निर्माण, योजना तर्जुमा तथा न्याय निरुपण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यहीँ जेठ १६ गतेदेखि १७ गते बिहिवार सम्म दुई दिन झिमरुक गाउँपालिकाको सभाहलमा चलेको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

झिमरुक गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको अभिमुखिकरण तालिममा गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचीव पालिकामा रहेका शाखाका कर्मचारीलाई कानुन निर्माण, योजना तर्जुमा तथा न्याय निरुपण सम्बन्धि बिषयमा तालिम दिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा सहभागीलाई कार्यशालासँग सम्बन्धित २० वटा बहुबैकल्पिक प्रश्नावली मार्फत बिषयबस्तु सम्बन्धि बुझाइको पुर्व परिक्षण गरिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो । स्थानीय तहलाई अपडेट गर्न पनि यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो । हामिले निर्माण गरेको कानुन र कार्यबिधी संघ प्रदेशको कानुनमा नबाझिने गरि निर्माण गर्नुपर्नेमा आफू सचेत रहेको बताउनुभयो ।

तालिममा सहजकर्ता छ्त्रदेब गाउँपालिकाका पुर्व अध्यक्ष लेखनाथ पोख्रेल र अधिवक्ता झंकर कृँवरले सेसनमा संघीय शासनमा स्थानीय सरकारको महत्त्व भुमिका, गाउँसभा र कार्यपालिका समितिको अर्थ भुमिका संघ, प्रदेश सँग कानुन निर्माण र क्षेत्राधिकार न्याय निरुपणका बिधि कानुनी अधिकारको विषयमा जानकारी दिनुभएको थियो ।

त्यस्तै स्थानीय तहको बजेट निर्माण प्रक्रिया, नीति तथा कार्यक्रम, स्थानीय तहको कानुन निर्माण प्रक्रिया, न्यायीक समितीको क्षेत्राधिकार, कार्यसम्पादनको बिषयमा ग्रुप छलफल गरिएको थियो ।

स्थानीय सरकार सिक्दै सिकाउदै अनुभव बटुल्ने काम गर्ने स्थितिमा स्थानीय तह कृयाशिल हुँदैआएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो। यो कार्यक्रमले निकै ओज पक्रेको छ । उहाँले भन्नुभयो, “साच्चिकै गाउँका जनताले गाउँको दैलोमानै सेवासुविधा प्राप्त गर्न सक्ने ब्यवस्था सरकारले परिकल्पना गरेको छ।” स्थानीय तहले निर्माण गरेको कार्यविधि समयानुकूल परिमार्जन गर्दै जनताको कामलाई सहज हुने गरि झिमरुक सरकार अगाडि बढेको बताउनुभयो ।

सरकार सफल बनाउन जनप्रतिनिधि र कर्मचारी बिच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । योजना कस्तो बनाउने कस्कालागी बनाउने भन्ने बिषयमा यो तालिमले स्पस्ट पारेको छ । स्थानीय तह सफल हुन स्थानीय शासन सत्ता संचालहरुको कर्म, मेहनत र एकताबाट मात्र सम्भव हुने भएकोले सहकार्यबाट जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । जनताको न्युनतम आवस्यकता पूरा गर्न सबैको एकमत हुनुपर्ने बताउनुभयो ।

सहभागीको तर्फबाट वडा नम्बर ८ का वडा वडा अध्यक्ष तुलस बस्नेत, कार्यपालिका सदस्य तुलसा केसी, वडा सचीव ऋषिराम भुसाल लगाएतले आफुले तालिममा सिकेको सीप ब्यवहारमा प्रयोग गरेमात्र सफल स्थानीय तह बनाउन सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो ।

झिमरुक गाउँपालिकाको आयोजनामा पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहनुभएको थियो। त्यस्तै निमित्त प्रमुख प्राशासकीय अधिकृत हरि पोख्रेल गाउँ कार्यपालिकाका सदस्य, प्रशिक्षक, वडा अध्यक्ष, सम्वन्धित शाखाका कर्मचरी, वडा सचिव लगाएको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन नासु यामलाल पोख्रेलले गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकबाट सभा सञ्चालनको कार्यबिधी अध्यक्षलाई, उपाध्यक्षलाई स्थानीय सरकार संचालन सम्बन्धि किताब हस्तान्तरण गरिएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिक्तृत हरि पोख्रेल लाई क्यालेन्डर हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय