प्युठान । प्युठानको ऎतिहासिक तथा पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण मनिएको नवनिर्मित शिद्ध मन्दिरमा स्थानीय गिरीबन्धुहरुले सामुहिक पुजाआजा सहित रुद्री पुजाँ र होम गरी आरति गर्ने कार्य सम्पन्न गरिएको छ । सनिवार झिमरुक गाउँपालिका वडा नम्बर ६, दहखोला स्थित नवनिर्मित शिद्ध मन्दिरमा शान्ति, चोखोको लागि रुद्री पुजाँ र शान्ति होम गरी आरति दिएको हो।

सयौं भक्तजनहरुको उपस्थितिमा गरिएको शान्ति होममा दुई पण्डितले विधि पुर्वक पुजाँपाठ गर्नुभएको थियो । मन्दिरमा विधि अनुसार पुजा गर्ने कार्य सकिएपछि मन्दिरमा आमन्त्रित पाहुना, अथिती, लगायत उपस्थित सम्पुर्णलाई टीका, प्रसाद ग्रहण गराइएको थियो ।

मन्दिर पुजाँ, होम तथा आरती गर्ने काम सकिएपछि स्थानीयले बाजागाजा सहित फुलपाती सेलाएका थिए । स्थानीय दहखोला नदिमा बिधिपुर्वक फुलपाती सेलाउने काम समेत सकिएको स्थानिय पुजारी शोभा गिरीले जानकारी दिनुभयो । शान्ती होमा पुजाँ मार्फत मानव कल्याणको कामना गरिएको छ ।

स्थानीय दशनामीहरुले प्रत्येक वर्ष नयाँ बाली भित्र्याउदा मन्दिरमा न्वाइँ चढाएर मात्र खाने गरिन्छ । यो चलन अहिलेसम्म पनि कायमै रहेको छ । खासगरी शिद्ध मन्दिरमा तिहारे पञ्चमी र नाग पञ्चमीमा विशेष पुजाआजा गरि धुमधामका साथ मनाउने गरिन्छ ।

मन्दिर सँगै नजिकै सभा हल सहित स्टोर र भोजनालय निर्माण गरिएको छ । मन्दिर निर्माणको लागि झिमरुक गाउँपालिका, पर्यटन बिभाग प्रदेश सरकार लगाएत स्थानीय दशनामी बन्धुहरुको आर्थिक संकलन र सहयोगबाट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो।

कार्यक्रममा जिल्लाका महत्त्वपूर्ण ब्याक्तित्व लगायत इष्टमित्र पाहुना स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम भजन कृतन पुजापाठ नाचगान गरि रमाइलो गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय