प्यूठान । “सुरक्षित समाजका लागि सकारात्मक सोँच” शिर्षकमा सम्पन्न भएको जिल्ला स्तरीय क्याम्पस तहको निवन्ध लेखन प्रतियोगिताको उत्कृष्ट छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको छ ।
छात्रतर्फ प्यूठान क्याम्पसका प्रमोद ओली र छात्रा तर्फ झिमरुक क्याम्पसका रबिना बिकलाई पुरस्कार प्रदान गरिएको हो । दुबै जनालाई जनही ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी सदस्य आशा श्रेष्ठ, कर्ण सकारात्मक सोँच प्यूठानकी संयोजक बिमला खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष संजय रिजाल, प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्का, पत्रकार, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र कर्ण सकारात्मक कोष सकारात्मक सोँच अभियानको संयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगितामा अमर क्याम्पस बाँझिपुर, प्यूठान क्याम्पस खलंगा, स्वर्गद्वारी बहुमुखी क्याम्पस विजुवार, गौमुखी क्याम्पस मच्छी र झिम्रुक क्याम्पस बाग्दुला प्यूठानमा अध्यनरत ५ जना छात्रा र ४ जना छात्र गरी जम्मा ९ जना विद्यार्थीहरुले भाग लिएका थिए ।



S.K. Creative Media Group