काठमाडौ । एसिसी यू-१९ एसिया कप क्रीकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ ।
दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल भारतसंग मंगलबार खेल्नेछ ।
नेपालको टोली :
देव खनाल (कप्तान), दीपक डुम्रे (विकेटकिपर), उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द । 



S.K. Creative Media Group