प्युठान । वाइसीएल नेपाल प्युठानले दुई महिने श्रम अभियान सुरु गरेको छ । युवा युवतीलाई श्रम सीप र उत्पादनमा जोड्न आइतबार देखि अभियान सुरु गरिएको हो ।
नेकपा (माओबादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल जिल्ला समिति प्युठानले झिमरुक गाउँपालिका-२ स्थित सर्वोदय माध्यमिक विद्यालय गड़ेरपानिको परिसरमा सरसफाइ मर्मत संभार गरेर अभियानको सुरुवात गरिएको संगठनले जनाएको छ ।
अभियानको नेकपा (माओबादी केन्द्र)का केंद्रीय सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गर्नुभएको हो। कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय सदस्य महतरा क्षेत्रीले समाज रुपान्तरणमा युवायुवतीको भुमिका महत्त्वपूर्ण भएकोले श्रम, सीप र उत्पादनमा जोडिएर राष्ट्र निर्माणको अभियान सफल बनाउनुपर्ने बताउनुभयो ।
मुलुकमा बेरोजगारी अन्त्य र आर्थिक संकट समाधानको प्रमुख उपाय नै श्रम, सीप र उत्पादन आय आर्जन रहेकोले युवायुवतीहरु उद्यमशीलतामा जोडिन आग्रह गर्नुभयो । पछिल्लो समय युवा युवती बिदेश पलायन हुने कार्य बढेको प्रती चिन्ता व्यक्त गर्दै उहाँले आफ्नै देश श्रम र जागर गरेर उत्पादन र रोजगारीमा जोडिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार स्थानीय सरकारले व्यवसायिक योजना निर्माण, वित्तीय साक्षरता, अवसर र चुनौतीबारे नीति निर्माण तहमा काम भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै वाईसिएलका जिल्ला अध्यक्ष सुरेश विश्वकर्माले अभियानलाई जिल्लाका सबै स्थानीय तहमा आवश्यकताअनुसार विभिन्न सृजनशील कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
जिल्ला अध्यक्ष सुरेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र)का केंद्रीय सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र झिमरुकका अध्यक्ष झकबहादुर जिसी, केन्द्रिय विद्यार्थी नेता मिलन एमसी, वाईसिएल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोहन परियार,केन्द्रीय सदस्य निशा रोका मगर,लगायतका नेताहरु उपस्थित थिए।




S.K. Creative Media Group