प्यूठान ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले पहिलो चरणको चुनाव लक्षित भेटघाट कार्यक्रम शुरु गरेको छ। सनिवारसम्म जिल्लाका तीन वटा पालिकामा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाका सरुमारानी, नौवहिनी र झिमरुक गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य मिलन एमसीले जानकारी दिनुभयो। बाँकी गाउँपालिका स्तरमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गर्ने र दोस्रो चरणमा वडा गाउँ तहमा पुगेर कार्यक्रम गर्ने कार्यतालिका बनेको एमसीले जानकारी दिनुभयो ।

शनिवार झिमरुक गाउँपालिकामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णध्वज खड्का, केन्द्रीय सदस्य एवं झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, कृष्ण अधिकारी (प्रकास),भोज विक्रम बुढा, मिलन एमसी र समानुपातिक तर्फ उम्मेदवार उमा अधिकारी लगायत पालिका तहका नेताहरुले चुनावी भेलालाई सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय