प्यूठान । कैलालीका एक शिक्षक प्यूठानको ऎरावती गाउँपालिकामा मामृत फेला परेका छन् । सोमबार प्यूठानको ऎरावती गाउँपालिका-६, स्थित जनता माध्यमिक बिद्यालय बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा बाटोमा मृत फेला परेका हुन ।
जनता माध्यमिक बिद्यालय बिजुली देखि करिब २ किलोमीटर टाढा बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । मृतकको कारण भने पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले जानकारी दिएको छ ।
मृतक शिक्षकको घर कैलाली टिकापुर हो । अनुसन्धान गर्दा प्यूठानमा मृतकको कुनै आफन्त नभएको बुझिएको छ । बिद्यालयमा बस्दै आएका शिक्षक बरौलामा शिक्षकको तालिममा गएको र फर्किने क्रममा उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ। अहिले मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान थालेको जनाएको छ।



S.K. Creative Media Group