काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत
आज नेपाल र नेदरल्याण्डसबीच खेल हुँदैछ । त्रिबि खेल मैदान कीर्तिपुरमा बिहान ११ः ३० बजेदेखि खेल शुरु हुनेछ ।
हिजो नामिबियासँगको खेलमा नेपाल ३ रनले विजयी भएको थियो । नेपालको यो पहिलो जित हो । नेपाल सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्नैपर्ने दवाब छ ।
यस सिरिजका लागि नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।



S.K. Creative Media Group