प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा न्यायीक मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्यले संचालन गरिएको मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभुत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताको लागि मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभुत तालिम यहि पौष १० गतेबाट शुरू गरेर आज समापन गरिएको हो । कार्यक्रममा २७ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।
न्यायिक समिति संयोजक तथा नौबहिनी गाउँपालिका उपाध्यक्ष बिष्णा थापा केसीले सिकेको सीप व्यवहारमा लागू गरेमात्रै तालिकको औचित्य पुष्टि हुने भएकोले जिम्मेवार भएर न्यायीक निरुपण गर्न आग्रह गर्नुभयो। गाउँघरमा हुने झैझगडा र विवादलाई निष्पक्ष भएर आफ्नो क्षेत्रमा गएर काम गर्न उपाध्यक्ष केसीले बताउनुभएको छ।
उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र ब्रहमाले तालिममा सहभागी मेलमिलापकर्तालाई सपथ खुवाउनुभएको थियो । त्यस्तै उपाध्यक्ष बिष्णा थापाबाट मेलमिलापकर्ताहरूलाई प्रमाणपत्र बितरण गर्नुभएको थियोे।
समापन कार्यक्रम न्यायिक समिति संयोजक तथा नौबहिनी गाउँपालिका उपाध्यक्ष बिष्णा थापा केसीको अध्यक्षतामा सम्पन्न भएको छ। नौबहिनि गाउँपालिकाको आयोजनामा भएको तालिमको सहजिकरण परिवर्तन र दिगो बिकासका लागि युवा सिन्धुलीले सहजीकरण गरेको थियो ।