प्युठान । झिमरुक गाउँपालिका- ६, स्थित थारुखर्कमा स्थानिय जनताले माग गर्दै आएको खेल मैदान बन्न लागेको छ ।
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत बजेटबाट थारुखर्क खेलमैदान योजनाको काम सुरु भएको हो ।

बुधबार गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, पालिकाका पुर्वाधार शाखाका प्राबिधिक नगेन्द्र आचार्य, वासुदेव गिरी, वडाका सदस्य हेमराज भट्टराई, स्थानीय युवाहरू र स्थानीय उपभोक्ता समिति सहितको टोलिले निर्माणाधीन खेलकुद मैदानको अनुगम निरीक्षण गरिएको थियो । सोही क्रममा मान्द्रेढुङा तोरवाङ्ग खानेपानी आयोजनाको समेत स्थलगत अनुगमन गरिएको हो। स्थानीय युवाहरूले यसैवर्ष अधुरो अपुरो खेलमैदान पूरा गरिदिन समेत माग गरेका थिए ।

अनुगमनको क्रममा अध्यक्ष महतरा क्षेत्रीले वडा स्तरीय खेलकुद मैदानलाई थप व्यवस्थित बनाउन पहल गर्ने बताउनुभयो । यस वर्षमा एक लाख बजेटबाट काम सुरु गरेर मैदान बनाउने काम भएको छ । उहाँले भन्नुभयो, “यो क्षेत्रमा खेलमैदान निकै आवश्यक रहेको र युवाहरुको माग पनि रहेको छ। पहिलो चरणमा मैदान बनाउने र क्रमश अन्य खेलमैदानमा चाहिने न्युनतम पुर्वाधार बनाउन पहल गर्ने बताउनुभयो ।

अध्यक्ष महतरा क्षेत्रीले लामो समयको प्रतीक्षा पछि बन्न लागेको थारुखर्क खेलकुद मैदान योजनाको अधुरो तथा बाकि काम सम्पन्न गर्न प्राविधिक लागतको आधारमा यसैवर्ष पुरा गर्ने गरी बजेटको व्यवस्था गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै मान्द्रेढुङ्गा तोरवाङ्ग खानेपानी योजनाको पनि अनुगमन निरीक्षण गरिएको थियो। खानेपानी योजनामा देखिएको समस्या बारे स्थानीय जनताले गुनासो राखेका थिए । जनताको गुनासो र माग पूरा गरिदिने बचनबद्धता व्यक्त गर्नुभयो ।

यस वडा भित्र खेलकुद मैदान नहुदा वडा स्तरीय खेलकुद प्रतियोगिता गराउन समस्या भएकोले खेल मैदान निर्माण गर्न लागिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । खेलकुद मैदान बन्ने भएपछि स्थानीय युवा हौसिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय