
प्युठान । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाकाे दाेस्राे नगरपरिषद सम्पन्न भएको छ । शनिबार बहुउद्देश्यीय शैक्षिक भवनको सभाहल पुण्यखाेला प्युठानमा सम्पन भएकाे हो ।
नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रका जिल्ला संयाेजक यज्ञ बहादुर केसीले अब शिक्षकहरुले राजनीति र भाषण त्यागेर शैक्षिक गुणस्तर सुधार गर्न लाग्नुपर्ने बताउनुभएको छ । शिक्षकहरु आफ्नो काम कर्तव्य भुलेर अन्यत्र अल्झनुले शैक्षिक परिणाम दिन नसकिने तर्क गर्नुभएको छ। शैक्षिक सुधारको लागि सबै सरकारले लगानीको दायरा फराकिलो बनाउनु आवश्यक रहेको बताउनुभयो । समयानुकूल आफुलाई प्रबिधिमैत्री बनाउदै विद्यार्थीको रुचि अनुसार पठनपाठनमा जोड दिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर याेगिले नगरपालिकाका बिद्यालयहरुमा शिक्षकहरूकाे संख्या र विद्यार्थीहरूकाे संख्याकाे अनुपातको आधारमा दरवन्दी मिलान गर्दै लैजाने र सिकाई उपलब्धि हासिल गर्ने सम्पुर्ण शिक्षकहरूलाई सम्मानको गरिनेछ । नगरपालिकाले आगामी दिनहरुमा शिक्षककाे कार्यशैली हेरी दण्ड र पुरस्कारको ब्यवस्थालाई सँगसँगै जोडेर लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “अब राम्रो काम गर्ने पुरस्कृत हुन्छ नराम्रो काम गर्ने दण्डित हुण्छ ।”
त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठानका अध्यक्ष कमल जिसीले भर्खरै लागूहुन लागेकाे शिक्षा ऎनमा सरूवा सम्वन्धी ब्यवस्था व्यवहारिक नभएको बताउनुभएको छ।कार्य विधि शिक्षण सिकाई र बिद्यालयकाे आबश्यकता अनुकुलहुनुकाे सट्टा सस्ताे लाेकप्रियता भएकोले उक्त कार्य विधि असफल भईसकेकाेले समयसापेक्ष परिमार्जन गर्नुपर्ने बताउनुभयाे । पेशागत हितकाे लागि संगठन अनवरत लागिरहने बताउनुभयाे ।
सो कार्यक्रममा प्रदेश उपाध्यक्ष विस्नु प्रसाद पाेख्रेल, जिल्ला वरिष्ठ उपाध्यक्ष नरवहादुर घर्ती, उपाध्यक्ष जायश्वर जैसी लगायतले शिक्षकहरूले पेशागत सुरक्षा र शैक्षिक गुणस्तरको लागि सबैको सहमति सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाका अध्यक्ष बामदेव पाेख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठनकाे सांगठनिक प्रतिवेदन सचिव रमेश गिरीले प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष बसन्ता गिरी स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा नगरपालिका भित्र संगठनमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो।
जिल्लाको जानकी माविका तत्कालीन प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाका अध्यक्ष बामदेव पाेख्रेल शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएकाेले उक्त नगरपरिषदको अध्यक्ष पद रिक्त रहेको थियो । रिक्त पदमा नगरपरिषदले सचीव पदमा रहेका रमेश गिरीलाई अध्यक्षमा पदमा मनोनीत गरेको छ । त्यस्तै नगरपरिषदले सचिव पदमा टिकाराम रिजाललाई छनाेट गरेको संगठनले जानकारी दिएको छ । अन्य सदस्यहरु सबै पुरानैलाई कायम गर्दै २१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिका समिति गठन गरेकाे छ ।