सुर्खेत । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंहले सम्पुर्ण पेशाकर्मी मर्यादित र जिम्मेवार भएर देश निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

 

सुर्खेतना आयोजित कर्णाली प्रदेश सम्मेलनको प्रमुख अथिती समेत रहनुभएका डिन अध्यक्ष कामेश्वर प्रसाद सिंहले प्राविधिकहरुलाई जिम्मेवार भएर पुर्वाधार बिकासको काममा आफ्नो पेशाप्रती मर्यादित र जिम्मेवार भएर गुणस्तरीय सेवा प्रदान गर्न लाग्नुपर्ने बताउनुभएको हो ।

 

पछिल्लो नयाँ प्रबिधिको बिकास संगै इन्जिनियरीङ प्राविधिकहरुले आफुलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । राज्यले उपयुक्त र जनमुखी योजना ल्याउन नसक्नु, इन्जिनियरीङ प्राविधिकहरूको समुचित उपयोग गर्न नसक्नुले गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा समस्या भएको उहाँले बताउनुभयो । इन्जिनियरहरु भौतिक पुर्वाधार योजनालाई गुणस्तरीयताको लागि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । राज्यले प्राविधिक जनशक्तिलाई देशमा रोजगार सृजना गरि विदेश पलायन हुनबाट रोक्ने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

 

सरकारलाई दिगो र गुणस्तरीय भौतिक पूर्वाधारमा इन्जिनियरलाई क्षमता बिकासका कार्यक्रममा सहभागी गराउदै लैजानुपर्ने उहाँको तर्क छ । प्राबिधिकहरुको क्षमता बिकासले पुर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण भुमिका रहने भन्दै उहाँले सरकारले प्राबिधिकलाई क्षमता बिकासमा ध्यान दिनुपर्ने बताउनुभयो । बिकास र समृद्धिको लागि इन्जिनियर जिम्मेवार भएर फिल्डमा खट्नुपर्ने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न, सम्मेलनले १५ सदस्यीय समिती निर्वाचित

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) कर्णाली प्रदेशको प्रथम सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ ।
देशमा रहेका मिडिल कलास प्राबिधिक जनशक्तिको पेशागत सुरक्षाको लागि डिनले आफ्नो संगठन बिस्तारलाई तिब्रता दिएको जनाएको छ ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) कर्णाली प्रदेशको प्रथम सम्मेलनले कलम दर्लामी मगर (सुर्खेत) को अध्यक्षतामा १५ सदस्यीय कर्णाली प्रदेश समिति सर्वसम्मत चयन गरिएको हो ।

जसको, उपाध्यक्ष धन बहादुर के .सी (डोल्पा) महिला उपाध्यक्ष एलिशा आचार्य (दैलेख), महासचिव योगेन्द्र रावल (दैलेख), सचीव जीवन सिंह (दैलेख), प्रज्वल कठायत(रुकुम पश्चिम), दक्षिणा कुमारी शाही (कालिकोट) र कोषाध्यक्ष धन बहादुर थापा(जाजरकोट) लाई निर्वचित हरेको छ । सदस्यहरुमा प्रकाश बुढा(डोल्पा), जय बहादुर बिष्ट(सुर्खेत), सतल बटला (कालिकोट), हरि बहादुर शाहि(कालिकोट), हरि प्रसाद भट्टराई (सुर्खेत), कुमार परियार (दैलेख), हरिबोल राना (सुर्खेत) लाई चयन गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

अहिलेसम्म डिनको ४५ जिल्लामा अधिबेशन सकिएको र ४ प्रदेशमा प्रदेश अधिबेशन सम्पन्न गरिएको छ डिन केन्द्रिय कार्यालयले जानाएको छ । सबै प्रदेश जिल्लामा संगठनको पुर्नगठन गर्ने अभियान रहेको केन्द्रिय उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो ।

डिनका केन्द्रिय उपाध्यक्ष भिम रावलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन)का केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंह रहेको थियो । कार्यक्रम पुर्व डिन अध्यक्ष तथा हालको सल्लाहकार लक्ष्मण रायमाझी प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । निर्वाचित कार्य समितीलाई बधाई तथा शुभकामना दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर