दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताउनु भएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित विशाल सभालाई संवोधन गर्दै पुर्वप्रधभानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले लोकतान्त्री गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने तत्वले जनताको हित नचाहने देशद्रोही भएको बताउनु भएको हो ।
‘गठबन्दनको सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनकारीले दिवास्वप्ना देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रतिगमनको कुरा गर्नु विकास बिरोधी, परिवर्तन बिरोधी नेपाल र नेपालीको हित बिपरित वाहेक केही होइन ।’
उहाँले अहिलेको गठबन्धन सरकारको कारणले देश विकासमा गति लिन नसकेको दाबी गर्नुभयो । एमालेलाई सरकारबाट हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उहाँको भनाइ छ । एमाले सरकारमा हुँदा गरिबी कम भएको र रोजगारी बढेको उहाँको जिकिर थियो। गठबन्धनका कारण देशमा अस्थिरताका कारण केही व्यक्तिहरुले पन्चायतनै ठीक थियो भन्ने गरेको ओलीको भनाइ थियो।
उहाँले एमालेका बारेमा विभिन्न भ्रमहरु फैलाएको हुनसक्ने हुँदा यी कुराहरुमा होस पुर्याउन आग्रह गर्नुभयो । अध्यक्ष ओेलीले भन्नुभयो, ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो ।’ ‘दुनियाँका मानिसलाई एक पटक प्राकृतीक सुन्दरता, विकासको मोडेल, समृद्धीको नमुना हेर्न नेपाल आउने अवस्था बनाउन एमाले सक्षम छ । संगठीन, नीतिगत, व्यवहारिक रुपमा पनि समृद्ध नेपालको नेतृत्व एमालेले मात्रै गर्ने प्रमाणीत भएको उहाँको बनाइ छ।
जनताको पिर मर्का बुझ्नको लागि अभियानमा आएका छौं ।उहाँ भन्नुभयो, ‘आगामी एमालेको नेतृत्वमा एकल सरकार बन्ने ठोकुवा गर्नुभयो । ‘एमालेको नतृत्व नहुँदा नेपालको भूमि चुडिन बेर लगाउँदैन, भूमि मिचिने डर छ, शुसाशन होइन कुशासन बढेर जानेछ । अत्याचार बढेको छ । यी सबैलाई रोक्नका लागि एमालेको बहुमतको सरकार चाहिन्छ भन्ने मान्यता र अहिले जनताको अभिरुची के रहेछ भन्ने बुझ्न हामीले गाउँ निस्केका हौं’ ओलीले भन्नुभयो ।
बैतडीको झुलाघाटबाट शुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले सत्ता टिकाउन भैरहेको अनियमितता, कमिशन र तस्करीका कारण देश भित्रभित्रै खोक्रो भएकोले सबै तर्फ निराशा छाएको बताउनुभयो ।
हामीलाई विभाजित गर्न अनेक तत्वले भ्रम फैलाउन सक्छन् । हामी बीच अन्तर बिरोध फैलाउन सक्छन् तर हामी नेपाली हौं हामी एकजुट भएर समृद्ध नेपालका धनी जनता बनाउन चाहन्छौं भन्ने ध्येयका साथ पश्चिम सिमानामा राष्ट्रिय झण्डा गाडेर शुरु भएको अभियान पुर्वको किल्लामा झण्डा गाडेर समापन गराउने जानकारी दिनुभयो ।
तस्बिरहरु :