२० कात्तिक, रुकुमपश्चिम । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।

कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा दुई जना बर्दियाका र एक जना रोल्पाका व्यक्ति हुन् ।

मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरुको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो ।

त्यस्तै रुकुमपूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर